कैलाली । कैलालीमा प्रहरीले ३ लाख बढीको अवैध कपडा बामद गरेको छ। आज सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीको टोलीले गोदावरी नगरपालिका १ अत्तरियामा भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेका कपडा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार ३,१२,४७० बराबरको लेडिज र जेन्स आईटमका थान कपडा बरामद गरेर कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको छ।