देशभर ५५७ जना कोरोना संक्रमित थपिए, ८७७ संक्रमण मुक्त

देशभर ५५७ जना कोरोना संक्रमित थपिए, ८७७ संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन् ।

आजको दिनमा देशभर १० हजार २०१ जना सक्रिय संक्रमित छन्।