सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।
 
अस्पतालमा उपचाररत कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै १ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन्।