आज साँझ सम्म डडेल्धुरा–डोटी सडक सुचारु हुन सक्ने

आज साँझ सम्म डडेल्धुरा–डोटी सडक सुचारु हुन सक्ने

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक साता देखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआई मार्ग आज साँझ देखि सुचारु हुने सम्भावना बढेको छ ।

केआई मार्गको मर्मत संभार तिब्र पारिए सगै सोमबार (आज) साँझ सम्म सुचारु हुने सम्भावना बढेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए।

“सडक मर्मतको कार्य जारी छ, सडकको माथिबाट थप पहिरो नआउने हो भने आज साँझ सम्म सडक सुचारु हुने सम्भावाना बढी छ,” । उनले भने ।

स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै मर्मत संभारमा अवरोध गरेका थिए । स्थानीय बासिन्दाको अवरोधका कारण बाटो मर्मत सम्भार गर्न नसकिएको केआईसिंह मार्गको गन्यापधुराको रडुवाखोला–गजरौला खण्ड प्रमुख जिल्ला अधिकारी मोहन जोशीको पहलमा सनिबारदेखि मर्मत संभार शुरु भएको थियो ।

रुडुवा खोला–गजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाएको छ । बाढी र पहिरोले सडक नै बगाएपछि एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरु पैदल कष्टकर यात्रा गर्न बाध्य छन् ।