दशरथचन्द नगरपालिकामा पानीको समस्या, हनुमान ध्वज गुल्म ले गर्‍यो पानी वितरण

दशरथचन्द नगरपालिकामा पानीको समस्या, हनुमान ध्वज गुल्म ले गर्‍यो पानी वितरण

बैतडी । बैतडी को दशरथचन्द  नगरपालिका वडा नं. ४ मा खानेपानीको हाहाकार भएको छ  बेमौसमी अविरल बर्षाका कारण मुहानबाट आएको पाइप लाइन जता त्यतै पहिरो ले पाइप भाँच्दा   वडा नं. ४ मा  खानेपानीको समस्या भएको हो ।

दशरथचन्द   नगरपालिका ४ का २ सय ८० घरधुरीमा खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । गाउँमा एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने स्थानीयको बाध्यता रहेको छ ।  गाउँ मा  बस्तुभाउ त परै जाओस् मानिसले खाने पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले स्थानीयलाई सताई रहको स्थानीय प्रकाश चन्द ले बताउनु भयो ।

 खानेपानी को धौ धौ परि रहेको अवस्थामा  । अहिले जेनतेन गढी का स्थानीयलाई हनुमान ध्वज गुल्म बैतडी ले आफ्नौ ब्यारेक मा रहेको पानीको धारा बाट  नागरीकालाई समस्या भएकाले२४ घण्टा  गढी का स्थानीय व्यापारी जिल्ला प्रहरी कार्यालय सशस्त्र को ब्यारेक जिल्ला प्रशासन  र जिल्ला कारागार साहिलेक मा पनि  पानी वितरण गरी रहेको हनुमान ध्वज बैतडी का  गुल्म पति  खिल बहादुर   राना को भनाई छ ।

पानी मा समस्या आएको धेरै दिन बित्ता समेत अहिले सम्म मर्मत कार्यमा ढिला सुस्ती गरिरहेका र   शौचालय जाँदासमेत पानी नहुने भएका कारण समस्या भइरहेको    स्थानीय हरूको भनाइ छ  ।

कोरोना सङ्क्रमणको त्रास अझै उस्तै छ   हरेक पटक बाहिर जाँदा साबुन पानीको प्रयोग गर्नु राज्यले भनिरहेको भए पनि खाने पानीको धौ धौ भएको यो अवस्थामा आफूहरूले हात धुन पानी कहाँबाट ल्याउनु न स्थानीय सरकारले कुरा बुझी दिन्छ नत खानेपानी समितिले  भन्दै स्थानीय सरकार र खानेपानी समिति  सँग प्रतिनिधिमूलक स्थानीयहरूले  आक्रोश पोख्नु भयो छ ।

यता बैतडी नगर खानेपानी संस्था का अध्यक्ष कर्ण बहादुर चन्द लाई सोध्दा जनता का गुनासा थुप्रै आएका छन् किन खानेपानी को लाइन बनाउन मा ढिला सुस्ती भन्दा , उहाँका अनुसार खानेपानी को मुलमा ठुलो पहिरो परेको छ । मुलमा जानलाई समस्या भइरहेको थियो।

मुहान मा ठुलो भिर छ आफ्नौ ज्यानको बाजि लगाएर म स्वयं आफै खटिरहेको छु   । पानी मुहानबाट माथि भ्युचुला भन्ने ठाउँमा पानी चढिरहेको छैन पानी चाडै माथि चढाउने प्रयास गरिरहेका छौ भ्यु चुला सम्म आज पानी चढाउन सक्यौ भने अब को २ दिन भित्र गढी , गोठलापानी , साहीलेका मा पानी पुगाउने छौ भनी अध्यक्ष चन्द ले दाबी गर्नु भएको छ ।