बाढी पछि कञ्चनपुरको बेलडाँडी क्षेत्रमा चितुवाको आतंक

बाढी पछि  कञ्चनपुरको बेलडाँडी क्षेत्रमा चितुवाको आतंक

धनगढी । कञ्चनपुरको बेलडाँडी क्षेत्रमा चितुवाले आतंक मच्चाएको छ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चुतुवाले बेलडाँडी गाउँपालिका क्षेत्रमा दिउँसै ७  पशु चौपाया मारेको छ। गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रा गरी सात बढी चौपाया चितुवाले मारेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बताएको छ। शनिबार मात्रै बेलडाँडी गाउँपालिका वडा नम्बर २ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ।

साथै सोही ठाउँका शंकरदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ। तीन दिनअघि मात्रै बस्नेतको गोठमै छिरेर बाघले गोरु मारेको थियो।