सर्वोच्चको फुलकोर्ट बैठक १४ न्यायाधीश अनुपस्थित हुने

सर्वोच्चको फुलकोर्ट बैठक १४ न्यायाधीश अनुपस्थित हुने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।

जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाए पनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका हुन्।

मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ।  

न्यायाधीशहरूबीचकै बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ। यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन्।  

आइतबारको बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी सहभागी भएका थिए।

न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको बताइएको छ।

प्रधानन्यायाधीश राणाले समग्र न्यायालय सुधारका विषयमा सोमबार सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक बोलाएका छन्।