मोटरसाइकल दुर्घटनामा परी बझाङ्गमा एक जनाको मृत्यु, १ घाईते

मोटरसाइकल दुर्घटनामा परी बझाङ्गमा एक जनाको मृत्यु, १ घाईते

बझाङ्ग । मोटरसाइकल दुर्घटनामा परी बझाङ्गमा  एक जनाको मृत्यु भएको छ। 

जिल्लाको छबिसपाथिभेरा -१ जालेबगरमा ०२-०१६-८९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दिपेन्द्र दौल्यालको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार दोल्यालको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मोटरसाइकलमा पछाडी सवार कृष्ण दैल्याल घाइते भएको र उनको उपचार जिल्ला अस्पताल बझाङ्गमा भइरहेको उनले बताए। तमैलबाट जालेबगर जाने क्रममा बिजुलीको ढलेको पोलमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ।