कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरिया र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।
कृष्णपुर नगरपालिका वडा नम्बर ५ हरियाली सामुदायिक बन र भिमदत्त नगरपालिका पसुपति टोल नजिकबाट भन्सार कपडा,सुदर्सन, कमल बिडी र नरिवल गरी अन्दाजी मुल्य १ लाख ५० हजार ८५० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाउको छ।
बेवारिसे अवस्थामा फेला परेका सामान आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाएको प्रहरीले बताएको छ।