बालुवा राखेर महाकाली चार लेन सडक गुणस्तरहीन बनाउने ठेकेदार कम्पनीमाथि कारबाही गर्न माग

बालुवा राखेर महाकाली चार लेन सडक गुणस्तरहीन बनाउने ठेकेदार कम्पनीमाथि कारबाही गर्न माग

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले बालुवा राखेर कमजोर गुणस्तहिन सडक बनाउने महाकाली चार लेन कम्पनीमाथि कारबाही गर्न माग गरेको छ। 

आइतबार एमाले कञ्चनपुरको बैठकमा एमाले नेता कार्यकर्ताहरूले राष्ट्रिय गौरवको योजनामाथि खेलबाड गर्ने ठेकेदार कम्पनीमाथि छानबिन गर्न माग गरेको हो।

नेकपा एमाले कञ्चनपुरका उपसचिव रण बहादुर महराले बैठकमा राष्ट्रिय गौरवको योजनमाथि खेलबाड गर्ने, बालुवा राखेर पुल सडक बनाउने, तटबन्ध बिनै सडक बनाएर खेलबाड गर्ने ठेकेदारमाथि कारबाही गर्न माग अघि सारेको बताए।