सेती प्रयोगशालामा थप ८ जनामा देखीयो कोरोना संक्रमण

सेती प्रयोगशालामा थप ८ जनामा देखीयो कोरोना संक्रमण

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जनाको नमूना परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएको जनाउको छ।