काँग्रेस नेता चन्द पहिरोपीडितको घरमा !

काँग्रेस नेता  चन्द पहिरोपीडितको घरमा !

बैतडी। नेपाली काँग्रेस बैतडीका नेता कार्यकर्ता पहिरोपीडितको घरमा पुगेका छन् ।  पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्नका लागि बैतडीका काँग्रेस  नेता कार्यकर्ताहरू पहिरोपीडितको घरघरमा पुगेका हुन् ।

नेपाली काँग्रेसका  जिल्ला सभापतिका उम्मेदवार समेत रहनुभएका  चतुर बहादुर चन्द,जिल्ला सभापति नरेन्द्रसिंह थापा,उपसभापतिका उम्मेदवार रमेश पाण्डेय, सचिवका उम्मेदवार द्वय प्रेम चन्द र देवराज जोशी, सहसचिव पदका उम्मेदवार दशरथ सिंह चाँड, पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द, प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्ट, महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरेन्द्र ऐर,शिवनाथका पार्टी सभापति हिरा चन्द,वडा नम्बर ४ का सभापति कृष्णबहादुर चन्द, वडा नम्बर ५ का सभापति रवीन्द्र बहादुर चन्दलगायतको टोली पीडितको घरमा पुगेको हो ।

टोली आज  शिवनाथ गाउँपालिका वडा नम्बर ३,४,५,६ का पहिरोपीडितको घरमा पुगेको हो  । भेटका क्रममा नेपाली काँग्रेसका  जिल्ला सभापतिका उम्मेदवार समेत रहनुभएका  चतुर बहादुर चन्दले पीडितको लागि राहत तथा पुनर्स्थापनाको लागि सरकारसँग माग  गर्ने बताउनुभएको छ ।  यसका साथै नेपाली काँग्रेस प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्टले   शिवनाथ ४ मा का पहिरोपीडित काली खत्रीको परिवारलाई व्यक्तिगत रूपमा पाँज हजार रुपैंया नगद सहयोग गर्नुभएको छ ।  पहिरोले कालीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।  
जिल्लाका अन्य स्थानका पहिरोपीडितको घरमा पुग्ने समेत कार्यक्रम रहेको  जनाइएको छ ।  

यही कात्तिक पहिलो साता आएको पहिरोमा परेर शिवनाथका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो  भने र सुर्नया गाउँपालिका जना ५ की परुदेवी महराको मृत्यु  भएको थियो ।   यसका साथै जिल्लाका अन्य  ठाउँमा पनि बाढी पहिरोले क्षति पुगाएको छ ।

काँग्रेस नेता चतुर बहादुर चन्द पहिरोपीडितको घरमा बैतडी, ८ कात्तिक नेपाली काँग्रेस बैतडीका नेता कार्यकर्ता पहिरोपीडितको घरमा पुगेका छन् । पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्नका लागि बैतडीका काँग्रेस नेता कार्यकर्ताहरू पहिरोपीडितको घरघरमा पुगेका हुन् । 

नेपाली काँग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहनुभएका चतुर बहादुर चन्द,जिल्ला सभापति नरेन्द्रसिंह थापा,उपसभापतिका उम्मेदवार रमेश पाण्डेय,सचिवका उम्मेदवार द्वय प्रेम चन्द र देवराज जोशी, सहसचिव पदका उम्मेदवार दशरथ सिंह चाँड,पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द,प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्ट, महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरेन्द्र ऐर,शिवनाथका पार्टी सभापति हिरा चन्द,वडा नम्बर ४ का सभापति कृष्णबहादुर चन्द, वडा नम्बर ५ का सभापति रवीन्द्र बहादुर चन्दलगायतको टोली पीडितको घरमा पुगेको हो । टोली आज शिवनाथ गाउँपालिका वडा नम्बर ३,४,५,६ का पहिरोपीडितको घरमा पुगेको हो । 

भेटका क्रममा नेपाली काँग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहनुभएका चतुर बहादुर चन्दले पीडितको लागि राहत तथा पुनर्स्थापनाको लागि सरकारसँग माग गर्ने बताउनुभएको छ । यसका साथै नेपाली काँग्रेस प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्टले शिवनाथ ४ मा का पहिरोपीडित काली खत्रीको परिवारलाई व्यक्तिगत रूपमा पाँज हजार रुपैंया नगद सहयोग गर्नुभएको छ । 

पहिरोले कालीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । जिल्लाका अन्य स्थानका पहिरोपीडितको घरमा पुग्ने समेत कार्यक्रम रहेको जनाइएको छ । यही कात्तिक पहिलो साता आएको पहिरोमा परेर शिवनाथका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो भने र सुर्नया गाउँपालिका जना ५ की परुदेवी महराको मृत्यु भएको थियो । यसका साथै जिल्लाका अन्य ठाउँमा पनि बाढी पहिरोले क्षति पुगाएको छ ।