धनगढीमा 'म्युजिकल नाइट २०२१' को आयोजना हुँदै

धनगढीमा 'म्युजिकल नाइट २०२१' को आयोजना हुँदै

धनगढी । बहुउद्देश्यीय सांस्कृतिक समाजको आयोजनमा धनगढीमा म्युजिकल नाइट २०२१ आयोजना हुने भएको छ । 

कोरोना माहामारिको जोखिम कम भएसँगै झन्डै दुई वर्षदेखि  मनोरञ्जनको कमी महसुस गरिरहेको जनसमुदायलाई मनोरञ्जन दिने हेतुले उक्त कार्यक्रम आयोजना गरिने भएको हो । 

कार्तिक १० गते साँझ ६ बजे बाट राती १० बजेको समयमा आयोजना हुन गइरहेको उक्त कार्यक्रम  नैनादेवी मन्दिर नजिक रहेको खुल्ला मञ्चमा हुने आयोजक समूहले जनाएको छ । 

कार्यक्रममा गायन तर्फ, चन्द्र चौधरी, सुरेन्द्र सिंह, दोर्जे द भाईब, सुरेन्द्र खड्का, विकास बोहरा, दिनेश भट्ट, तुलसी बोहरा र टेकराज पन्तको प्रस्तुति रहने छ  । 

त्यस्तै, कमेडियन दीपेन्द्र ओलीको समेत प्रस्तुति रहने सो कार्यक्रममा प्रशान्त सिंह ठाकुरको व्याण्ड र सागर ओझा लगायतका स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । 

स्थानीय कलाकारको प्रवर्द्धनमा टेवा पुग्ने र यसले जनसमुदायमा मनोरञ्जन प्रदान गर्न थप ऊर्जा दिने आयोजक बहुउद्देश्यीय सांस्कृतिक समाजको विश्वास रहेको छ ।