कैलाली प्रहरीद्वारा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण

कैलाली प्रहरीद्वारा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण

धनगढी । कैलाली प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शिक्षक तथा बिद्यार्थीहरुलाई प्रशिक्षण  गरेको छ । 

समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप “हाम्रा प्रहरीसँग हामी” कार्यक्रम अन्तर्गत आज सोमबार धनगढी उप-महानगरपालिका वडा नं. ०५ स्थित एक्सिस इङ्लिस बोर्डिङ स्कुलका शिक्षक तथा कक्षा ०९ मा अध्ययनरत विद्यार्थी गरी जम्मा ४० जनालाई प्रशिक्षण गरिएको हो । 

प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका विभिन्न शाखाहरूबाट सम्पादन गरिने प्रहरी सेवा तथा प्रहरी कामकारबाहीको प्रक्रियाको बारेमा प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदले जानकारी गराएका थिए । 

त्यस्तै, आगन्तुक बिध्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको आवश्यकता र औचित्य, अपराध रहित सभ्य समाज निर्माणमा बिद्यार्थीहरुको भूमिका, किशोरावस्थामा आउन सक्ने सुरक्षा चुनौतीहरू, सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरू लगायत विविध विषयमा प्रशिक्षण प्रदान गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।