नेकपा एकीकृत समाजवादी निकट युवासँघ बझाङले गर्‍यो डिक्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

नेकपा एकीकृत समाजवादी निकट युवासँघ बझाङले गर्‍यो  डिक्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण

बझाङ । भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परेका परिवार लाई राहात वितरण गरिएको छ। 

गत लामो समय देखि परेको अविरल वर्षाको कारण आएको बाढीले गर्दा ठुलो धनजनको क्षति भएको भन्दै नेकपा एकीकृत समाजवादी आबद्ध युवासँगका संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा आज १ लाख २० हजारको राहत वितरण गरिएको छ । 

आज झाेता देखि खच्चरमा राहत सामाग्री बोक्दै वितरण गरेको नेता विशाल धामीले बताए । उनले भने २५ जना परिवारलाई १६ बलाङ्केट १५ बोरा चामल १३५ केजी दाल ५० कट्टा आटाे  वितरण गरेको हो । 

त्यसै, गरी समाजसेवी अक्कल बोहराले ३० हजार नगद सहित ९ बलाङ्केट भैरव माविका विव्यस अध्यक्षको नेतृत्वमा १२ हजार २ सय नगद हस्तान्तरण गरिएको धामीले बताउनु भयो । भोलि खप्तड छान्नामा गरिने उहाँको भनाइ छ । 

No description available.