प्रहरी र सशस्त्र प्रहरीको रासनको दर १५ प्रतिशत वृद्धि

प्रहरी र सशस्त्र प्रहरीको रासनको दर १५ प्रतिशत वृद्धि

काठमाडौँ  । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका थिए।

यसअघि रासन वृद्धिको घोषणा गरिएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।