कञ्चनपुरमा अवैध सामान बरामद

कञ्चनपुरमा अवैध सामान बरामद

कञ्चनपुर । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा २ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोडर आउट पोष्ट थापाचोक, बेलौरी, गड्डाचौकी र सुन्दरनगरबाट खटिएका सीमा गस्ती टोलीले गस्ती ती सामान बरामद गरेको हो। 

बिडी, सुर्ती, मल, तयारी कपडा, थान कपडा, प्लाष्टिक, स्विट सुपारी, चिनी लगायत खाद्य तथा हार्डबेयर गरी २ लाख २८ हजार ९ सय ५० मूल्य बराबरको समान बरामद गरेको हेडक्वाटरले जनाएको छ।  बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको बताइएको छ।