धनगढीमा कार्तिक १० र ११ गते भेरोसेल खोपको दोश्रो मात्रा लगाइने

धनगढीमा कार्तिक १० र ११ गते भेरोसेल खोपको दोश्रो मात्रा लगाइने

धनगढी उप-महानगरपालिकामा कार्तिक १० र ११ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसिल खोप लगाउने भएको छ ।

उप-महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा  कोभिड-१९ विरुद्धको खोप लगाउने बताउदै वडा नम्बर १९ मा भने ११ र १२ गते कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाउने बताए । 

१८ बर्ष माथिका पहिलो खोप लगाएका सम्पुर्णलाई खोप लगाइने बताउदै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे ।

No description available.