बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

धनगढी I बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-६ का ३८ वर्षीय दमनराम पहरीको मृत्यु भएको हो। 

आज बिहान उनको शव स्थानीय गोइडाखोलामा फेला परेको थियो। पहरीको शव खोलामा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले बताए। 

घर जाने क्रममा उनको लडेर मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।