कोबेल्को हाईड्रोलिक एक्स्काभेटर हजार बढी भएकोमा धनगढीबाट 'कस्टुमर मिट' सुरु

कोबेल्को हाईड्रोलिक एक्स्काभेटर हजार बढी भएकोमा धनगढीबाट 'कस्टुमर मिट' सुरु

धनगढी । नवीनतम प्रविधियुक्त जापानी प्रविधिमा निर्मित उपकरण भित्र्याएको नेपालका लागि कोबेल्को हाईड्रोलिक एक्स्काभेटर आधिकारिक वितरक पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि. ले मंगलबार धनगढीमा आयोजित एक कार्यक्रमका बिच कोबेल्को हाईड्रोलिक एक्स्काभेटर १०००+ भएकोमा धनगढीबाट “कस्टुमर मिट” सम्पन्न गरेको छ । 

विशाल ग्रुपको भगिनी संस्था पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि. कोबेल्को हाईड्रोलिक एक्स्काभेटर नेपालका लागि आधिकारिक विक्रेता हो ।

कम्पनीले एसके १४० एचडी एलसी, एसके २१० एचडी एलसी, एसके २२० एक्सडी एलसी, एसके ३८० एक्सडी एलसी र एसके ५२० एक्सडी एलसी का हाईड्रोलिक एक्स्काभेटर नेपाली बजारमा भित्र्याएर उपभोक्तालाई विक्री गरिरहेको छ । 

कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक सञ्जीव कुमार देव, चिफ म्यानेजर श्री चन्दन श्रेष्ठ, कोबेल्को कन्स्ट्रक्सन इक्युपमेण्ट ईण्डिया प्रा.लि. का सुरज शर्माले कोबेल्कोद्वारा उत्पादित उपकरण र यसका विशेषताका बारेमा जानकारी गराएका थिए । 

नेपालको भूगोल परिवेशलाई उपयुक्त हुने गरी ल्याइएको हाईड्रोलिक एक्स्काभेटर चुनौतीपूर्ण प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.का नायब महाप्रबन्धक श्री सञ्जीव कुमार देवले जानकारी दिए ।

पछिल्लो पुस्तालाई मध्यनजर गरेर आएको सबै मोडेलका हाईड्रोलिक एक्स्काभेटर जापानी प्रविधि अन्तर्गत भारतको आन्ध्र प्रदेशको श्री सिटी सहरमा उत्पादन गरिन्छ । अन्य कम्पनीका एक्स्काभेटर तुलनामा इन्धन किफायती र उच्च प्रतिफल दिने र विक्री पश्चात् पार्टपुर्जा तथा ग्राहकको सर्भिस सम्बन्धी प्रतिबद्ध रहेका कोबेल्को कन्स्ट्रक्सन इक्युपमेण्ट ईण्डिया प्रा.लि. का सुरज शर्माले बताए । 

पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.का अत्तरिया शाखा प्रमुख श्री जीवन खड्काले कोबेल्को ब्राण्डका उपकरणको नेपाली बजारमा अत्यधिक माग रहेको बताउँदै कम्पनीले विभिन्न स्किम पनि ग्राहक माफ ल्याएको जानकारी दिए । 

काठमाडौँको भिमसेनस्थानमा अफिस स्थापना गरी पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले सन् २०१३  देखि कोबेल्को मेशिन बिक्री प्रारम्भ गरेको थियो । आधुनिक उपकरण र तालिम प्राप्त जनशक्तिमार्फत देशभर कोबेल्को सेल्स र सर्भिस सेन्टर फैलिएको छ । काठमाडौँमा भएको अफिस बाहेक इटहरी, विरगंज, पोखरा, बुटवल, कोहलपुर र अत्तरिया लगायतका विभिन्न स्थानमा पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.को शाखा र सर्भिस नेटवर्क उपलब्ध छ ।