दोस्रो टेकबहादुर चोखाल स्मृति कप फुुटसल प्रतियोगिता हुने

दोस्रो टेकबहादुर चोखाल स्मृति कप फुुटसल प्रतियोगिता हुने

पुर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप हुने भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा हुन लागेको हो ।

टेकवहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा कार्तिक १३ गतेदेखि १५ गतेसम्म धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका वडाका टीमहरु सहभागी हुने फुटसल प्रतियोगिता हुने टेकवहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाका र गोदावरी नगरपालिकाका विभिन्न वडाहरु टिम बनाएर खेलमा सहभागिता हुने र टीमका खेलाडी सम्बन्धित वडाकै हुनुपर्ने उदपि एक वडाबाट एकभन्दा वढी टीम पनि सहभागी हुन सक्ने अध्यक्ष चोखालले बताए । उनले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि विभिन्न खेलकुद हुँदा हुँदै पनि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । 

‘पहिलो संस्करणमा धनगढी उपमहानगरपालिकाका वडाका टीमहरु मात्रै सहभागी गराएर प्रतियोगिता गरेका थियौं । दोस्रो संस्करणमा छिमेकी गोदावरी नगरपालिकाका वडाका टीमहरु पनि थप गरेका छौं ।’ फाउण्डेसनका अध्यक्ष चोखालले भने–‘आगमी दिनमा प्रतियोगितालाई विस्तारै अन्य क्षेत्रहरुमा पनि फैलाउँदै लैजानेछौं । पुरस्कार राशी पनि हरेक संस्करणमा बृद्धि गर्दै लैजानेछौं ।  

प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले फुटसलको माध्यमले स्वास्थ्यमा सुधार हुने बताए । उनले यसक्षेत्रको खेलकुद विकासका लागि अस्पताल सधैं तयार रहेको बताए । पहिलो संस्करणलाई पनि निसर्ग अस्पतालले नै मुख्य प्रायोजनको रुपमा सहयोग गरेको थियो । 

दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करणको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने टेकवहादुर चोखाल फाउण्डेसनले जनाएको छ । 

को हुन टेकवहादुर चोखाल ?
टेकवहादुर चोख्याल नेपाली राजनितिज्ञ र नेपाली काग्रेंसका प्रभावशाली नेताको रुपमा परिचित छन् । नेपाली काग्रेंसबाट २०५६ सालमा चोख्याल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री हुनुभएका वेला चोख्याल कानुन मन्त्री समेत बनेका थिए ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काग्रेंसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार पनि रहेका थिए । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री टेकवहादुर चोख्यालको २०६६ कार्तिक २७ गते काठमाण्डौंमा निधन भएको थियो । चोख्यालका एक श्रीमति दुई छोरा र एक छोरी छन् ।