प्रधानन्यायाधीश जबराले आजको लागि तोके ११ इजलास

प्रधानन्यायाधीश जबराले आजको लागि तोके ११ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (बुधबार) ११ इजलास तोकेका छन् । पछिल्लो समय नेपाल बार एशोसिएसशनले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छ । राजीनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने बारको चेतावनी छ ।

उता, न्यायाधीशहरुले समेत आईतबार, सोमबार र मंगलबारसम्म इजलास बहिष्कार गरिसकेका छन् । न्यायाधीशहरुको संयुक्त बैठकले पनि प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने निश्कर्ष छ । हिजोमात्रै उनीहरुले प्रधानन्यायाधीश जबरालाई भेटेका थिए ।

तर, प्रधानन्यायाधीश जबराले भने कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । उनले आफूले राजीनामा दिनुपर्ने भए सबै न्यायाधीशले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।