अलपत्र अवस्थामा फेला परेको बालक कैलाली प्रहरीले लगायो आफन्तको जिम्मा

अलपत्र अवस्थामा फेला परेको बालक कैलाली प्रहरीले लगायो आफन्तको जिम्मा

धनगढी I धनगढीमा एक बालक अलपत्र अवस्थामा भेटिएका छन् । सोमवार राति धनगढी उप-महानगरपालिकास्थित मुख्यमन्त्री निवास अगाडी उनी अलपत्र भेटिएका हुन्।

धनगढीका १३ वर्षीय कुशल बुढा अलपत्र भेटिएको प्रहरीले जनाएको छ। अलपत्र भेटिएका बुढालाई प्रहरीले आज धनगढी-२ बस्ने उनका बुवा भाने बुढाको जिम्मा लगाएको छ। 

बालक अलपत्र भेटिएको जानकारीपछि जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले उनको उद्धार गरेको थियो।