सेती प्रयोगशालामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, एक संक्रमित पुरुषको मृत्यु

सेती प्रयोगशालामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि,  एक संक्रमित पुरुषको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११७ नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जनाको आइसियुमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै थप ६ जना संक्रमित अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
 
त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।