अष्टलक्ष्मी शाक्यले बैठकलाई सम्बोधन गरेर दिइन् राजीनामा

अष्टलक्ष्मी शाक्यले बैठकलाई सम्बोधन गरेर दिइन् राजीनामा

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) पदबाट राजिनामा दिएकी छिन् । आज  १ बजेका लागि बोलाइएको  प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिएकी हुन् ।

उनले बैठकलाई सम्बोधन गर्दै  विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न राजिनामा दिएको बताइन् । उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।