नेकपा (एस) मा ३३५ नेताको कार्यविभाजन

नेकपा (एस) मा ३३५ नेताको कार्यविभाजन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यको कार्यजिम्मेवारी विभाजन गरेको छ ।

बुधबार पार्टीले केन्द्रीय कमिटीमा रहेका ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको हो ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गत असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकको निर्णय अनुसार नेताहरुको कार्यविभाजन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई जानकारी दिएको छ ।

यस्तै, अन्तरपार्टी निर्देशनमा पार्टीले तत्कालिक कार्ययोजना- २०७८ र बैठकले पारित गरेका २४ बुँदे तात्कालिक कार्ययोजना समेत देशभरका पार्टी कमिटी तथा संगठनहरुलाई पठाइएको जनाएको छ । यस कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ ।

कार्यविभाजनसँगै अध्यक्ष नेपालले देउवा सरकारमा सहभागी मन्त्रीहरुलाई १० बुँदे कडा निर्देशन दिएको छ । सरकारमा रहँदा इमान्दारिता र कर्तव्य निष्ठापूर्वक काम गर्ने, निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारमा मुक्त हुन निर्देशन दिइएको छ । साथै पार्टीले सातै प्रदेशको ईन्चार्ज समेत तोकेको छ ।

कस्लाई कुन जिम्मेवारी ? हेर्न यहाँ क्लिक गर्नुहोस् ।