सिंहदरबारभित्र गोली चल्यो !

सिंहदरबारभित्र गोली चल्यो !

सिंहदरबारभित्र गोली चलेको छ। तर, कसैलाई लागेको छैन।

प्रहरीले दिएको प्रराम्भिक सूचना अनुसार बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो। उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरीले जनाएको छ। गोली कसरी चल्यो भन्नेबारे सोधपुछ र छानबिन सुरु भएको छ।