बैतडीको शिवनाथ स्थित महाकाली नदीमा डुङ्गा पल्टिँदा २ जना यात्रु बेपत्ता

बैतडीको शिवनाथ स्थित महाकाली नदीमा डुङ्गा पल्टिँदा २ जना यात्रु बेपत्ता

बैतडी I बैतडीको शिवनाथ गाउँपालिका-१ कुस्मौत घाट महाकाली नदीमा डुंगा पल्टिँदा २ जना यात्रु बेपत्ता भएका छन् ।  शिवनाथ-१ स्थित एकै परिवारका दुई जना बेपत्ता भएको स्थानीय दीपेन्द्र चन्दले बताए । 

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार बेपत्ता हुनेमध्ये एक जनाको बुधवार साँझ शव भेटिएको छ । डुङ्गाका चालक र अन्य ३ जना यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ । शव भेटिएकी बालिका अन्दाजी १३ वर्षको भएको गाउँपालिकाका अध्यक्ष साउदले बताए । 
बेपत्ता भएका उनका भाइ अन्दाजी ६ वर्षका थिए। आमाबुवा र एक बच्चाको सकुशल उद्धार भएको हो । शिवनाथ गाउँपालिका -१ कै स्थानीय उनीहरू रोजगारीको सिलसिलामा भारत जाँदै थिए ।