आजकाे माैसम : पहाडमा आंशिक बदली, बाँकी भाग सफा रहने

आजकाे माैसम : पहाडमा आंशिक बदली, बाँकी भाग सफा रहने

 

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा  रहेको छ । 

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा  रहने छ । पहाडी भूभागका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा  रहने छ।