कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट कंकड, दोधाराचाँदनी, गड्डाचौकी र जिमुवाबाट खटीएका सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा सामान बरामद गरेको हो।

बेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य १ लाख ८५ हजार ७५१ बराबरको हार्डवेयर तथा खाद्य समानहरु, ईलेक्ट्रिक समान, औषधिहरु, मिठाई, पेन्ट, बिउबिजन लगायत प्रतिबन्धित माछा बरामद गरेको हो।

बरामद गरिएका सामान कानूनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी तथा त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको र प्रतिबन्धित माछा नष्ट गरिएको गणले जनाएको छ।