डोटीमा पासा खेलिरहेको अवस्थामा करिब २ लाखसहित ५ जना पक्राउ

डोटीमा पासा खेलिरहेको अवस्थामा करिब २ लाखसहित ५ जना पक्राउ

डोटी I डोटीमा जुवा खेलीरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। जिल्लाको दिपायल शिलगढी नगरपालिका–५ धामीगाउँ जाने सडक नजिक टहराभित्र पासा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दिलबहादुर भण्डारीसहित ५ जनालाई मंगलरबार राति प्रहरीले पक्राउ गरेको हो।  

उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई पासा खेलिरहेको अवस्थामा नगद १ लाख ८४ हजार रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका अन्यको नाम भने प्रहरीले खुलाएको छैन।