एमालेको अधिवेशन चलिरहेकै बेला एमालेका लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

धनगढी खबर    

एमालेको अधिवेशन चलिरहेकै बेला एमालेका लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

सुर्खेत जिल्लामा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका लोकप्रिय नेता गोकुल रानासहित एक सयभन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले एमालेका नेता कार्यकर्ताहरूलाई प्रवेश गराएका हुन् । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ठको पहलमा एमाले र राप्रपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसमा प्रवेश गरेका युवा संघका नेता गोकुल राना स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् ।राप्रपाका नेता शीतल नेपाली पनि सुर्खेतमा लोकप्रिय मानिन्छन् ।

सुर्खेतको क्षेत्र नं। १ भेरीगंगा नगरपालिका–१० मा एमालेको वडा अधिवेशन भैरहेका बेला एमालेका लोकप्रिय नेता कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।



बिहिबार ११, कार्तिक २०७८ ०८:३६ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस