नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल आज सुदूरपश्चिममा, यस्तो छ 'सेड्युल' ?

नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल आज सुदूरपश्चिममा, यस्तो छ 'सेड्युल' ?

धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार (आज) सुदूरपश्चिम आउँदै हुनुहुन्छ । कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष नेपाल महेन्द्रनगर आउन लाग्नुभएको हो । 

समाजवादी स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिमको धनगढी विमानस्थलमा टेक्ने बित्तिकै पत्रकार सम्मेलन तय गरिएको । 

त्यस्तै, अध्यक्ष नेपाल धनगढी विमानस्थलबाट सिधै कञ्चनपुर गई होटेल दाउनामा खाना खाने, कञ्चनपुर को भासीमा समाजवादीको पार्टीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा सरिक हुने र उद्घाटन लगत्तै विस्तारित पार्टी भेला समेत गरिने बताइएको छ। 

त्यस्तै, अध्यक्ष नेपाल उल्लेखीत कार्यक्रम सकिए पश्चात् धनगढी स्थित सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चिया, नास्ताको साथ साथै प्रदेश सभाका अगुवा नेता तथा प्रदेशकाअगुवा कार्यकर्ताहरूको सँग भेटघाट तथा छलफल गर्ने र बुद्ध एयरको बेलुकीको विमान मार्फत काठमाडौँ फर्किने सेड्युल रहेको जनाइएको छ ।