'हिजोको सूर्यमा ग्रहण लागी सक्यो, अब जनताले कलम चिन्ह रोज्नु पर्ने अवस्था बनिसकेको छ' : अध्यक्ष नेपाल

'हिजोको सूर्यमा ग्रहण लागी सक्यो, अब जनताले कलम चिन्ह रोज्नु पर्ने अवस्था बनिसकेको छ' : अध्यक्ष नेपाल

धनगढी ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल ले हिजोको सूर्यमा ग्रहण लागी सकेकाले अब जनताले कलम चिन्ह रोज्नु पर्ने अवस्था बनिसकेको बताउनु भएको छ । 

कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि सुदूरपश्चिम आउनु भएका अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनु भएको हो । 

ओलीको निजी कम्पनीको रूपमा प्रयोग भएको नेकपा एमालेमा विद्रोह गरेर नेकपा एस को स्थापना गरेको बताउँदै नेता नेपालले आफ्नो पार्टीले कलम चिन्ह प्राप्त गरेको बताउनुभयो । 'हिजो मात्रै हामीले निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरिसकेका छौँ । यी सबै अवस्थामा कलम चिन्ह लिएर जताको माझमा हामी जाने छौँ । हिजोको सूर्यमा ग्रहण लागी सकेकोले अव न्याय र सत्यको आवाज बुलन्द गर्नको लागी कलम चिन्हमा नै जनताले रोज्नु पर्ने अवस्था बनी सकेको छ ।' उहाँले भन्नु भयो । 

धनगढी विमान स्थलबाट अहिले नेता नेपाल कञ्चनपुरको महेन्द्रनगरका लागी निस्किनु भएको छ । भने नेता नेपालको महेन्द्रनगरमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गर्ने र पार्टीको विस्तारित पार्टी भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।