धनगढी पुगेर माधव नेपालले भने, 'उडायो सपना सबै ओलीले'

धनगढी पुगेर माधव नेपालले भने, 'उडायो सपना सबै ओलीले'

धनगढी । धनगढी पुगेर नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सपना उडाएको बताउनु भएको छ ।

कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि सुदूरपश्चिम आउनु भएका अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनु भएको हो । 

अध्यक्ष नेपालले सपना सबै उडायो हुरीले भने जस्तै केपी ओलीले सबै थोक धुलो पिठो पारेको बताउनु भयो । उहाँले भन्नुभयो, 'ओलीले पार्टी लाइृ पनि भता भङ्ग पारे, एकताबद्ध भएको नेकपालाई पनि टुक्राउने काम गरे र नेकपा एमाले जस्तो पार्टीको संस्थापक नेता हमीलाइ पनि गलहत्त्याएर निकाली दिए । पार्टीलाई गलत बाटोमा पुर्‍याए । व्यक्तिवाद हाबी गरे । गुटबाधमा चल्न थाले, निरङ्कुस प्रवृत्तिको बाहकका रूपमा उनले भूमिका निर्वाह गरे', लगायतका आरोपहरू लगाउनु भएको छ ।