देशभरको मौसम कहाँ कस्तो रहन्छ?

देशभरको मौसम कहाँ कस्तो रहन्छ?

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।  हाल  देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ ।

दिउँसो:  देशको पहाडी भु-भागमा आंशिक बदली  रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती:  देशको पहाडी भु-भागमा आंशिक बदली  रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भु-भागका एक वा दुई स्थानहरुमा  हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा  हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन अनुरोध छ ।