सुदूरपश्चिम प्रदेशमा बिहिवार थप २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि

सुदूरपश्चिम प्रदेशमा बिहिवार थप २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि

बैतडी I सुदूरपश्चिम प्रदेशमा  बिहिवार थप २९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८९ जनाको नमूना परीक्षण गर्दा २९ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सोह्र जनामा आरटी पीसीआर र १३ मा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२, जिल्ला अस्पताल बैतडीमा दुई, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात र डडेल्धुराका छ जनामा सङ्क्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको  पनि मृत्यु भएको छैन। यसअघि यस प्रदेशमा बुधबार ४२ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना डिस्चार्ज भएका छन्।