एकल महिला लाई आत्मनिर्भर बनाउन होजियारी तालिम

एकल महिला लाई आत्मनिर्भर बनाउन होजियारी तालिम

धनगढीः  एकल महिलालाई सिप विकास तथा आत्मनिर्भता बनाउने उदेश्यले स्वरोजगार तालिम सुरु भएको छ।

धनगढीमा भैरहेको तालिममा कैलालीका २५ जना एकल महिला सहभागी रहेका छन् । एक महिनासम्म सञ्चालन हुने हाते होजियारीको तालिम बुधबारदेखि सुरु भएको हो। 


हाते होजियारी तालिमको उद्धघाटन बुधबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङले गरेका हुन्। 

‘सुदूरपश्चिम प्रदेश स्वरोजगार कोषको आर्थिक सहयोगमा ए एण्ड ए इन्जिनियरिङ कन्सल्टेन्सीले तालिमको आयोजना गरेको हो। 

बुधबारदेखि सुरु भएको तालिममा विपन्न परिवारका एकल महिलाहरु सहभागि रहेको ए एण्ड ए इन्जिनियरिङ कन्सल्टेन्सी कार्यकारी निर्देशक चन्द्रदेव भट्टले बताए।
४ वर्षसम्म सुदूरपश्चिम प्रदेश सरकारले एकल महिलालाई अत्मनिर्भर बनाउने काम गरेको देखिएन,’ उनले भने, ‘वेसाहराको साहरा बन्नका लागि हामीले प्रदेश स्वरोजगार कोषसँग समन्वय गरेर एक महिने तालिम सञ्चालन गर्दछौ।’

तालिममा सहभागि २५ जनालाई ३० दिनसम्म प्रशिक्षकले हाते होजियारीका अभ्यास गराउने छन्। तालिमपछि उनीहरुलाई प्रमाण पत्र समेत उपलब्ध गराउने ए एण्ड ए इन्जिनियरिङ कन्सल्टेन्सीले जनाएको छ।

तालिम पश्चात आफ्नै उद्योग सञ्चालन गर्नेलाई सहयोगसमेत गर्ने कन्सल्टेन्सीका कार्यकारी निर्देशक भट्टले बताए।