नंया नेतृत्वका लागि छलफल गर्न नाडाको टोलि धनगढीमा,चौधरी अध्यक्षको तयारीमा

नंया नेतृत्वका लागि छलफल गर्न नाडाको टोलि धनगढीमा,चौधरी अध्यक्षको तयारीमा

धनगढी । सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धनगढीमा व्यवसायीहरुका बिच अन्तरक्रिया सम्पन्न गरेको छ । 
आगामी नेतृत्व चयनका लागि देशव्यापी रुपमा छलफल तथा अन्तरक्रिया गर्ने क्रममा नाडाको टोलि धनगढी पुगेको हो ।
आगामी मंसिर २२ र २३ गते सम्पन्न हुने अधिबेशन बाट नया नेतृत्व चयन गरिनेछ। नाडाको आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष रहेका करण चौधरीले तयारी थालेका छन ।  एसोसिएनका वर्तमान उपाध्यक्ष रहेका चौधरी लाई वर्तमान नेतृत्व सहितको साथ रहेको छ ।  चौधरी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका चौधरीले आफुलाइ आगामी नेतृत्वका लागि सम्पुर्ण रुपमा तयार गरेको बताउनुभयो । 
धनगढीमा भएको छलफलमा सुदुरपश्चिम अटो मोबाइल्स डिलर्स एसोसिएसन (साडा) मा आबद्ध कैलाली र कंचनपुरका व्यवसायीहरुको सहभागीता रहेको थियो। कार्यक्रममा अटोमोबाइल्स व्यवसायका समस्या बारे पनि छलफल गरिएको थियो । आएका व्यवसायीका  सुझाव सम्बोधन गर्दै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले जिज्ञासा बारे समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे । 
साडाका सुदुरपश्चिम प्रदेश अध्यक्ष पुष्कर ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट चारजना गरी १९ जनाको कार्यसमिति निर्वाचन हुने व्यवस्था छ। नयाँ कार्यसमितिले तीनजना सदस्य मनोनित गर्नेछ।