साउथ स्टार पुनित राजकुमारको निधन

साउथ स्टार पुनित राजकुमारको निधन

दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको निधन भएको छ। शुक्रबार बंगलरुस्थित ब्रिकम अस्पतालमा उनको ४६ वर्षको उमेरमा निधन भएको हो।

हृदयघात भएपछि बेग्लुरुको विक्रम अस्पतालको आइसीयुमा राखिएका उनको दिउँसो निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। सन् १९७५ मार्चमा जन्मिएका उनले करिब तीन दशक दक्षिण भारतीय सिनेमामा काम गरेका थिए । सन् २००२ मा उनले ‘अप्पु’ फिल्मबाट डेभ्यु गरेका थिए।

बाल कलाकारको भूमिकामा ‘बेट्टदा होभु’ नामक सिनेमाका लागि उनलाई राष्ट्रिय अवार्ड दिइएको थियो। पछिल्लो समय ‘ज्याकी’, ‘अन्ना बोन्ड’, ‘मिलना’जस्ता फिल्ममा अभिनय गरेपछि उनी थप चर्चामा आएका थिए।उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन्।