राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारको ५ दिने अल्टिमेटम

राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारको ५ दिने अल्टिमेटम

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्रमा राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

बारको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

उनका अनुसार बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन हुनेछ भने त्यसबेलासम्म पनि राजीनामा नआए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक हुनेछन् ।