बझाङबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बझाङबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बझाङ । बझाङमा हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । जिल्लाको केदारस्युँ गाँउपालिका वडा नम्बर ८ लोतुकी २२ वर्षीया लक्ष्मी खत्रीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

खत्रीलाइ धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ। लोतु सामुदायिक स्वास्थ्य ईकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार विहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी विहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिईन।

साँझ अवेर सम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने अवस्था आएको भन्दै खत्रीलाई धनगढी ल्याईएको हो ।