बैतडीमा घरेलु हिंसा, शोषण वा दुरुपयोगको अवस्थामा कसरी हस्तक्षेप गर्ने बारे सचेतना कार्यक्रम

बैतडीमा घरेलु हिंसा, शोषण वा दुरुपयोगको अवस्थामा कसरी हस्तक्षेप गर्ने बारे सचेतना कार्यक्रम

बैतडी । घरेलु हिंसा, शोषण वा दुरुपयोग को अवस्थामा कसरी हस्तक्षेप गर्ने बारे समुदायका अगुवा तथा नेताहरूलाई सचेतना सम्बन्धी कार्यक्रम बैतडीमा सम्पन्न भएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघको आयोजना एक्ट एलाइन्स र लुथन विश्व फेडेसन नेपाल को सहयोगमा राष्ट्रिय हलिया मुक्त समाजका अध्यक्ष रमेश कोलिको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका नगर उप प्रमुख मिना चन्द,  विशिष्ट अतिथि अधिवक्ता कर्ण दत्त भट्ट रहनुभएका थिए भने पत्रकार नागरिक समाज महिला अधिकारकर्मी बाल सञ्जालकर्मीको उपस्थिति रहेको थियो । जिल्ला हलिया मुक्ति समाज बैतडीका अध्यक्ष एवम् कार्यक्रममा सभा अध्यक्ष रमेश कोलीले कार्यक्रममा बोल्दै, घरेलु हिंसाका विभिन्न कारण हुन सक्छन् ।

No description available.

महिला कमजोर हुन्छन् भन्ने सोच, मादक पदार्थ र लागूपदार्थ सेवन, सांस्कृतिक रीतिरिवाज र चलन, बालबालिकाको सामाजिकीकरण, मानसिक स्वास्थ्य समस्या आदि कारणले घरेलु हिंसालाई बढवा दिइरहेका छ  । घरेलु हिंसाले पीडित व्यक्तिलाई मात्र नभई उनीहरूका बालबच्चा र हिंसा गर्ने स्वयंलाई समेत गम्भीर असर पारेको छ  । यस्तो असरको मनोवैज्ञानिक पक्ष झन् गम्भीर हुन सक्छ ।

यसलाई न्यूनीकरण गर्न हामी सबैले आफ्नो ठाउँ ठाउँ बाट बोल्नु आवश्यक रहेको बताएका छन् । यस्तै कार्यक्रम मा बोल्दै नगर उप प्रमुख एवम् कार्यक्रम का विशिष्ट अतिथि मिना चन्दले यस्तै कार्यक्रम गति रहनु पर्छ नगरपालिकाका बाट गर्ने सहयोग नगर पालिकाले गर्ने प्रतिबद्धता सहित गर्नु भएको छ ।

No description available.