सुदूरपश्‍चिममा कोरोना संक्रमणबाट मर्नेको संख्या ६०४ पुग्यो

सुदूरपश्‍चिममा कोरोना संक्रमणबाट मर्नेको संख्या ६०४ पुग्यो

धनगढी । सुदूरपश्‍चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोभिड परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल यस प्रदेशमा  १९८ सक्रिय संक्रमित रहेका छन् ।

ती मध्ये ३७ जना संक्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याकंमा उल्लेख गरिएको छ । अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन् । कोभिडकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ ।  

प्रदेशभर संक्रमित लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन् । यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन् ।

यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्‍चनपुर गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ ।  भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ ।