तिन छोराछोरी सहित महिलाले सेती नदीमा हाम फालिन

तिन छोराछोरी सहित महिलाले सेती नदीमा हाम फालिन

धनगढी : डोटीको आदर्श गाँउपालिकामा एक महिलाले तिन छोराछोरी सहित सेती नदीमा हाम फालेकी छन ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आदर्श गाँउपालिका वडा नम्बर ४ देहीका बम बहादुर बोहराकी २८ वर्षिया श्रीमती धौली बोहराले १२ वर्षीया छोरी राधिका, ८ वर्षीय छोरा सुरेन्द्र र ६ वर्षीया छोरा सुनिललाई लिएर सेती नदीमा हाम फालेकी हुन । 

हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाएका छन भने अन्य तीन जना बेपत्ता छन् । 
श्रीमतिले छोराछोरी सहित हाम फोलेपछि श्रीमान बमलाई ल्याएर सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए ।