शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था बारे बैतडीमा अनुगमन

शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था बारे बैतडीमा अनुगमन

बैतडी । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बैतडी को सहयोग दशरथ चन्द नगरपालिका को समन्वय र मानवअधिकार समूहको आयोजनामा शिक्षा स्वास्थ्य र खाद्यको अवस्था बारे बैतडी को सदरमुकाम भित्र आज सोमबार अनुगमन गरिएको छ।

दशरथ चन्द नगरपालिका वडा नम्बर ४ मा रहेको वीरेन्द्र मा.वि साहिलेकको विद्यालय जिल्ला अस्पताल बैतडी, गोठलापानी बजार अनुगमन गर्नु भएको छ । विद्यालय को अनुगमन गरिसके पछि अनुगमन टोली ले विद्यालयका बारेमा के कस्ता कमजोरी हरू रहेका छन् र के कति प्रगति भएको छ, भन्ने बारे अनुगमन टोलीले जानकारी लिनुभएको छ ।

No description available.

अनुगमन कै क्रममा कार्यक्रम मा बोल्दै वीरेन्द्र मा.वि साहिलेक का प्रिन्सिपल कैलाश कुमार कनौजियाका अनुसार पहिलाको भन्दा अहिले इस्कुल धेरै परिवर्तन हुनुको साथै पढाइ पनि राम्रो भएको र स्कुल व्यवस्थापन समितिले पनि राम्रै काम गरेको बताएका छन् ।

सरकारी इस्कूल हरुको अहिले भेल्यु घट्ने क्रम लगातार दिनप्रतिदिन बढ्दो चर्ममा छ तर वीरेन्द्र मा.वि ले भने दिनप्रतिदिन प्रगति गर्दै अघि अधि बढिरहेको छ। हाम्रो गाउँको स्कुलले अहिले राम्रो प्रगति गर्दै छ । बच्चाहरूको पढाइमा अभिभावक को महत्त्वपूर्ण भूमिका हुन्छ ।

आफ्ना बच्चाहरूको राम्रो हेरचाह गर्नु पर्छ,बच्चा ले पढे नपढे को इस्कुल गए नगएको जानकारी अभिभावक ले पनि राख्नु पर्ने हुन्छ । इस्कुलको भरमा मात्र पढाइ राम्रो हुँदैन साथै अभिभावकको साथ , समर्थन र सहयोग बिना इस्कुल र विद्यार्थीको भविष्य राम्रो हुँदैन ।अहिले कोरिनाको कहर अलि कम बहिरहेको छ तैपनी हामीले स्यानिटाइजर मास्क को व्यवस्थापन गरेका छौ प्रत्येक विद्यार्थी लाई उपलब्ध गराइ रहेका छौ उहाँले भन्नू भएका छन् ।

No description available.

अनुगमन कै क्रममा जिल्ला अस्पताल बैतडी मा अहिले भाइरल रोगका बिरामी हरू बढी आउने गरेको पाइएको छ । औषधी उपचार को पूर्ण व्यवस्था नरहेको दरबन्दी अनुसार दक्ष डक्टर को अभाव अन्य स्वास्थ्य कर्मचारीहरूको अभाव निःशुल्क रूपमा पाइने औषधी को व्यवस्थापन न भएको र नयाँ अस्पताल को भवन पूर्ण रूपमा बनिनसेको हुनाले अहिले भाइरल रोगका बिरामी को संख्या बढेकाले अस्पताल मा ब्याड को सहित अभाव भएको सूचना अधिकारी हरिस पन्त ले जानकारी दिनुभएको छ ।

No description available.

यस्तै तिहारको समयमा कालोबजारी नहोस्, म्याद नाघेका सामग्री बिक्री वितरण नहोउन् भनेर बजार पनि अनुगमन गरेको इन्सेक सहजकर्ता निशा भट्ट ले बताएका छन् । उनले भने ‘कतिपय पसलहरू अझै सम्बन्धित निकायमा दर्ता भएका छैनन् । उनीहरूलाई दर्ता गर्न पनि आग्रह गरिरहेका छौँ । उपभोक्ताहरूलाई पनि म्याद हेरेर सामग्री खरिद गर्न भनिरहेका छौँ ।

पहिलेको भन्दा अहिले बजारमा रेट लिस्ट लाइएको पाइएको छ । र म्याद नागेका समान हेर्दा बजार मा न भेटिएको भट्ट ले बताएका छन् । अनुगमनका क्रममा दशरथ चन्द नगर पालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथ इन्सेक बैतडीका सहज कर्ता निशा भट्ट मानव अधिकार समूह दशरथ चन्द नगरपालिका सह सचिव निर्मला टेर नागरिक समाज पत्रकार स्थानीयहरुले अनुगमन गर्नु भएको हो ।

No description available.