फेसबुकले फेसियल रिकग्निशन सेवा बन्द गर्ने

फेसबुकले फेसियल रिकग्निशन सेवा बन्द गर्ने

तस्बिर र भिडियोमा मानिसहरुको अनुहार चिन्ने फेशियल रिकग्निसन सफ्टवेयरको प्रयोग नगर्ने फेसबुकले घोषणा गरेको छ ।  यो प्रविधि सही वा गलत भन्ने विषयमा लगातार चिन्ता जताइँदै थियो र गोपनियता, रङ्गभेदी पक्षपात र सटिक भए नभएको विषयमा लगातार प्रश्न उठाइँदै थिए ।

यद्यपि, कम्पनीका अनुसार यो प्रविधिको निगरानी गर्ने नियामकले यसको प्रयोगको विषयमा हालसम्म कुनै स्पष्ट नियम नबनाएको बताएको छ ।  तर यो प्रविधिका कारण यसले प्रयोगकर्तामा पार्ने असर बारे फेसबुकको मज्जाले आलोचना भइरहेको थियो ।

हालसम्म यो एपमा प्रयोगकर्ताले यो फिचरलाई छान्न सक्थे जसमार्फत् उनीहरुको अनुहार पहिचान गर्न सकिन्थ्यो र यदि कसैले फेसबुकमा उनीहरुको तस्बिर पोस्ट गरेको खण्डमा उनीहरुसम्म यसको जानकारी पुग्न सक्थ्यो ।

कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स युनिटमा उपाध्यक्ष जेरोमी पेसेन्टीले एउटा ब्लगमा लेखेका छन्, ‘हाल जुन अनिश्चितताको माहौल छ, त्यसमा हाम्रो मान्यता यो छ कि फेसियल रिकग्निसनको प्रयोग अनुचित छ ।’