कोरोनाको जस्तै लक्षण देखिने मौसमी फ्लूबाट बच्न यसो गर्नुहोस्

कोरोनाको जस्तै लक्षण देखिने मौसमी फ्लूबाट बच्न यसो गर्नुहोस्

वर्षायाम सकिएसँगै जाडो मौसम अर्थात हिउँद सुरु हुन लागेको छ ।

जाडो मौसम सुरु भएसँगै मौसमी फ्लूका बिरामीहरु बढ्दै गएका छन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ । तसर्थ मौसमी फ्लूबाट बच्नका निम्न प्रकारका उपायहरु अपनाऔं :

–फ्लू लागेका व्यक्तिहरुबाट टाढै बस्ने,

–आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न  घरमै बस्ने,

–घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागेमा सबैले मास्कको प्रयोग गर्ने,

–मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्ने,

–खोक्दा वा हाच्छिउँ  गर्दा नाक,मुख छोप्ने,

–बेलाबेलाम साबुन पानीले हात धुने,

–हातले नाक,मुख, आँखा छुने बानी भए त्यसलाई त्याग्ने,

–तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाउने,

–प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाने,

–गाह््रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने,

–सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाउने