नेकपा एस बझाङको सचिवमा लक्ष्मी राज जोशी चयन

नेकपा एस बझाङको सचिवमा लक्ष्मी राज जोशी चयन

बझाङ । नेकपा एकीकृत  समाजवादी जिल्ला कमिटी बझाङ को  प्रथम विस्तारित बैठक सम्पन्न भएको छ  । बिहीबार भएको नेकपा समाजवादीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य  दिल बहादुर सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्थायी कमिटी सदस्य भानुभक्त जोशीको प्रमुख प्रमुख अतिथि रहेका थिए ।

प्रथम विस्तारित बैठकले इन्द्र भण्डारी अध्यक्ष कलक धामी उपाध्यक्ष, लक्ष्मी जोशी सचिव रहेको १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।  बैठकमा तत्कालीन नेकपा थलारा गाउँ सङ्गठन कमिटीका अध्यक्ष लोकेन्द्र विष्ट लगायत विभिन्न पाटी परित्याग गरी १८ जनाले नेकपा समाजवादीमा प्रवेश गरेका छन् । 

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेको पार्टी विधानको पालना नगरेको जनताले विश्वास गरी देशको प्रधानमन्त्री बनाएको भए पनि वलीले जनताको मतको हुर्मत खेलेको र पार्टी एकताका लागी धेरै प्रयास गर्दा पनि केपी ओलीले पार्टी भित्र एकलौटी शासन गरेकाले आफू विद्रोह गर्न तयार भएको बताए । 

यस्तै कार्यक्रममा बोल्दै नेकपा समाजवादीका बझाङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य दिल बहादुर सीहले नेकपा एमालेका अध्यक्ष केपी वलीले पार्टीलाई दुर्घटना ग्रस्त गरेको, उखान टुक्काबाट पार्टीलाई सञ्चालन गरेको र पार्टीको बिधि बिधानलाई मिचेकाले आफूले पार्टीलाई तन्दरुस्त गराउनको निमित्त नेकपा एकीकृत समाजवादीमा लागेको बताए ।