बझाङमा भिरबाट लडेर १३ बर्षीया किशोरीको मृत्यु

बझाङमा भिरबाट लडेर १३ बर्षीया किशोरीको मृत्यु

बझाङ । बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ रकैलका प्रेम बहादुर धामीकी १३ बर्षीया छोरी शशिकला धामी रहेकी छन् ।

उनको आज दिउँसो साढे १२ बजे घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए। आफन्तका अनुसार धामी घाँस काट्ने ठाउँबाट करिब ३०० मिटर तल खसेको र घटना स्थलमै मृत्यु भएको बताए ।